काठमाडौ । पोखराबाट बुटवल सम्मको रात्रीबसमा उनी मेरो साथमा थिईन् । रातको चिसोमा बसले ईन्जिन तताउदै गुडिरहेको थियो । एक घण्टाको रफ्तारमा उ र म मौन थियौ । त्यसपछि समान्य कुराकानी पछि दुबै आ आफ्नै सुरमा थियौ। पोखरा फुपुको घरमा आएकी रे घुम्न । नाम रश्मी रहेछ।
राती करीब एघार बजे बस खाना खाने ठाउमा रोकियो। सबै जना ओर्लिए तर उ ओर्लिन। ‘तिमी खाना नखाने ? मैले सोधें । नाई म यात्रामा खाँदिन उनले भनिन् । म हात धोएर रिसेप्सनमा खानाको कुपन लिन गए । पछाडी खल्तीबाट पैसा निकालेर पैसा दिन लाग्दा पर्सको बीटमा र ग त जस्तै रातो लागेको देखें ।
म झ’स्कि ए अनी पछाडीको खल्तीमा हात लगेर छामें । बाक्लो जिन्समा र’ग’त’का दागहरु लागेको पाए । हतार हतार दौडिदै म बसमा गए र मेरो सीटमा के भएको छ भनेर हेर्न । सीटमा पुग्दा उनी रु’दै सीट पुछिरहेकी थिईन् । ड’रा’एकी अनी आ’त्ति’एकी थिईन् । ‘के भयो तिमीलाई ? किन रो’ए’की ? तिमीलाई चो’ट लागेको छ ? यो र’ग’त कसरी ? मेरो पाईन्टको पछाडी समेत लागेछ’
मैलै यती सोधेपछि ‘म पिरियडमा छु दुई घण्टा अघीदेखी । एक हप्तापछि हो मिती त, तर बसको यात्राले गर्दा‘म संग कुनै तयारी थिएन । ‘रु’दै थिईन् बिचरी, मैले झोलाबाट टाबेल झिकेर बे’र्न लगाएँ । अनी त्यही खाना खाने होटेलको बाथरुममा फ्रेस हुँदै गर म तिम्रो लागी प्याड किनेर आउछु भनी निस्किएँ । रातको साढे एघार बजी सकेको थियो । सबै यात्रु खाना खाइसकेका थिए । उनी र म भोकै थियौँ ।
नजिकैको मेडिकलमा गएर मैले एक प्याक स्यानिटरी प्याड किनिदिए र उसलाई दिएँ । कपडा राखेको झोला सबै बसको छतमा रहेछ । सहचालक भाईलाई फकाएर उसको कपडा निकालेर दिएँ । त्यसपछि उनी आ’शु पुछेर मुस्कुराईन् । समोसा, चाउचाउ र चटपटे किनेर हामी बसमा चढ्यौं । उनी लजाएकी थिईन् तर म उनलाई अप्ठ्यारो महसुस गराउन चाहन्न थिएँ ।
दुई बटा समोसा र चटपटे खाईन् उनले । भोकाएकी रहीछिन् । त्यसपछि रातभर उनी मेरो काधमा निदाईन् । बिहान बस बुटवलमा रोकियो । उनी आफ्नो गन्तब्य म आफ्नो गन्तब्य । छुट्नु अघी भाबुक र प्रेमिल नजरले हेरेर मुस्कुराउदै धन्यबाद भनीन् । ‘मिल्छ भने हजुरको मोबाईल नम्बर दिनु न ।’ यस्तै भन्दै अ’ड्’कि’रहेकी थिईन् उनी । मैलै मेरो मोबाईल नम्बर दिएर आफ्नो बाटो लागें । पाँच दिनको बसाईपछि म घर फर्किएँ ।
त्यसपछिका दिनहरुमा हरेक महिनाको एक दिन उसले फोन गरेर भन्छिन्,‘तपाईको टावेल म संगै परेछ । फिर्ता गर्नु पर्ने । त्यस दिनको लागी धन्यबाद हजुरलाई । यो सामग्री सामाजिक सञ्जालवाट कपि गरिएको हो । लेखकको नाम उल्लेख नभएका कारण हामीले पनि लेखकको नाम बिना नै राखेका छौं ।






