रुपनी जि एम
बाँके, ३ फागुनः साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको हुनु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ वाटर पार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गर्नु भएको छ । ‘तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन् ।’ मल्लले भन्नुभयो, ‘मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठुलो हुँदै गएपछि पनि साइकल चलाइरहन मन लागेपछि यसलाई छाड्नै सकिन ।’
राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरी अवकाश लिएपछि मल्ल नजिक होस् या टाढा साइकलमै यात्रा गर्नुहुन्छ । सन् २०१८ देखि नेपालगन्जमा माउन्टेन बाइक चलाऔँ भन्ने साथीहरूको भेलाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना गर्यो । मल्ल पनि उक्त क्लबको साधारण सदस्य भए । क्लबमा आबद्ध भएदेखि उनलाई साइकल चलाउन झनै ऊर्जा मिलेको छ ।
‘साइकल चलाउन त चलाइरहेकै थिएँ तर जब क्लबमा आबद्ध भएँ त्यसपछि साइकल चलाउने मेरो पेसा नै बनेको अनुभूति भयो र मैले निरन्तर साइकल चलाइरहेको छु ।’उहाँले भन्नुभयो । मल्लले नेपालको पश्चिम सिमाना कुतिया कभरदेखि पूर्व झापाको केचना केवलसम्म १ हजार १ सय १५ किलोमिटरसम्म साइकल यात्रा गरिसक्नु भएको छ । मल्ल मात्रै होइनन्, नेपालगन्जमा पछिल्लो केही वर्षयता साइकल चलाउनेहरूको सङ्ख्या बढ्दो छ ।
क्लवमा आवद्ध भएदेखि मल्ललाई साईकल चलाउन झनै ऊर्जा मिलेको उहाँले बताउनुभयो । “साईकल चलाउन त चलाई रहेकै थिएँ तर जब क्लबमा आवद्ध भएँ त्यसपछि भने साईकल चलाउने मेरो पेशा नै बनेको अनुभूति भयो र मैले आजसम्म पनि निरन्तर साईकल नै चलाई रहेको छु ।” स्वस्थ जीवनका लागी साईकल चलाउन निकै नै आवश्यक भएको बताउने मल्लले ३० वर्षे जागिरे जीवनमा नकमाएका साथीहरु साईकल राईडर बनेपछि कमाएको बताउनुभयो । “रिटायर जीवन एक्लै बिताउनु पर्छ होला भन्ने लागेको थियो । तर बिताउनु परेन । अहिले मसंग नेपालका साईकल राईडरसंगै विदेशी साथीहरु पनि हुनुहुन्छ । जस्ले मेरो एक्लो पनलाई म देखि नै टाढा राखेको छ ।”
साईकल चलाउने रुची मात्र नभई अहिले कर्म बनेको बताउने मल्ललाई परिवारको साथ रहेको उहाँले बताउनुभयो । “ यो उमेरसम्म आईपुग्दा मलाई कुनै पनि प्रकारको औषधी खानु नपरेकोले पनि होला म एक दिन अल्छि गरें भने पनि मेरो परिवारले मलाई साईकल चलाउन जानु पर्दैन ? भनेर सोध्ने गर्दछन् ।” उहाँले भन्नुभयो, “परिवार मात्र नभएर साथीहरुले पनि म साईकल राईडमा बिहान निस्किएन भने फोन गरेर बाई हाल्नु हुन्छ । साईकल राईडर बनेर मैले कमाएको भनेकै मेरो स्वास्थ जीवन र साथीभाईहरु नै हुन् ।”
इन्धनबाट चल्ने मोटरसाईकल र गाडीहरुभन्दा ध्वनी प्रदुषण पनि नहुने साईकल नै स्वस्थ जीवनको उपयोगी साधन भएको हुनाले पनि अहिले बजारमा साईकल चलाउनेहरुको संख्या बृद्धि हुँदै गएको क्लवका पुर्व अध्यक्ष गगन थापाले बताउनुभयो । साईक्लिं गर्नुको मुख्य उद्येश्य भनेको बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्नु रहेको बताउँदै थापाले यस क्षेत्रमा साईकल राईडरहरुको संख्यामा बद्धि होस् भन्ने उद्येश्ले क्लवले “टुर दी ठाकुरद्धारा” को आयोजना गर्दै आएको पनि बताउनुभयो ।
बाँकेबाट बर्दियासम्मको आन्तरिक पर्यटकलाई बढावा दिने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउँदै थापाले भन्नुभयो, “हाम्रो पहिलो संस्करणमा नै पुर्वदेखि पश्चिमसम्मका साईकल राईडरहरुले सहभागीता जनाउनु भएको थियो । यस्ले हामीलाई आजसम्म पनि संस्करण गरीरहन धेरै नै प्रेरणा दिएको छ ।” कार्यक्रममा सहभागी हुनेहरु विभिन्न जिल्लाका हुने भएको हुनाले साईक्लिं गर्दै बाँके र बर्दियासम्मको यात्रामा यहाँका धेरै धार्मिक, सांस्कृतिक, भौतिक लगाएत अन्य पर्यटकिय दृश्यहरुको पनि अवलोकन गर्ने भएको हुँदा “टुर दी ठाकुरद्धारा” कार्यक्रममा सहभागीता जनाउनेको संख्या बढ्दै गएको उहाँको भनाई छ ।
स्थपाना कालदेखि नै टु द ठाकुरद्धाराको आयोजना गर्दै आएको क्लवले यो वर्ष आठौं संस्करण फागुनको ८ र ९ गते आयोजना गरेको छ । क्लवका अध्यक्ष कवीराम बुढाथोकीले यस वर्ष आयोजकले अघिल्लो वर्षको तुलनामा साईकल राईडको बाटो र बसाईको व्यवस्था नै फरक तरिकाले गरेको बताउनुभयो । उहाँका अनुसार यो वर्ष फागुनको ८ गते बिहान बागेश्वरी मन्दिरमा उदघाटन पश्चात बाँकेको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नका लागी बाँके राष्ट्रिय निकुञ्जको बफर जोनसंग बाँकेका पर्यावणहरुको भ्रमण पश्चात बैजनाथा गाउँपालिका वार्ड नं. १ मा रहको गाभार भ्याली स्थित होम स्टेमा पहिलो दिनको कार्यक्रम सकेर दोश्रो दिन बर्दियाको ठाकुरद्धारा तिर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो वर्ष आयोजना हुन लागेको उक्त “टुर दी ठाकुरद्धारा” को साईकल राईड कार्यक्रममा सातै प्रदेशका साईकल राईडरहरुको सहभागीता रहने आयोजकले जनाएको छ । अध्यक्ष बुढाथोकीका अनुसार हालसम्म भारतको बरेली, लखनऊ, दिल्ली र नैनीताल गरी अन्य विभिन्न शहरहरुबाट २१ जना भारतीय साईक्लिस्टहरुले सहभागीता जनाउनका लागी नाम दर्ता गराई सकेका छन् । यस वर्षको कार्यक्रममा महिला र बालबालिकाहरुको संख्या उल्लेखनीय रहेको छ ।
काठमाण्डौबाट मात्रै ५० देखि ६५ वर्षसम्म उमेर समूहका ५० जना महिला साईकल राईडरहरुले सहभागीता जनाउन लागेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । त्यसैगरी यस वर्षको साईक्लिं कार्यक्रममा शारीरिक रुपमा अपांगता भएका साईक्लिस्टहरुले पनि सहभागीता जनाउन लागेको आयोजकले जनाएको छ । २७ लाखको अनुमानित बजेटमा आयोजना हुन गई रहेको उक्त कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाहरुले आर्थिक सहयोग गरको अध्यक्ष बुढाथोकीले बताउनुभयो । यस वर्षको “टुर दी ठाकुरद्धारा” कार्यक्रममा अघिल्लो वर्षको तुलनामा साईकल राईडरहरुको संख्या बढेको बताउँदै अध्यक्ष बुढाथोकीले यो वर्ष झण्डै तीन सयको संख्यामा साईक्लिस्टहरुको सहभागीता रहने बताउनुभयो ।






