बाँके ११ भदौः जिल्ला प्रशासन कार्यालय बाँकेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण बाँकेवासीमा हार्दिक अपिल गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङद्वारा जारी अपिलमा भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको बाढीले अकल्पनीय रूपमा ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै नेपाल सरकारले प्रभावितहरूको खोज, उद्धार तथा राहत कार्यलाई निरन्तर तीव्रता दिइरहेको जनाइएको छ ।
अपिलमा प्रभावितहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै दीर्घकालीन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा यथाशक्य आर्थिक सहयोग गर्न आग्रह गरिएको छ । प्रशासनले सहयोग गर्न इच्छुक नागरिकका लागि दुवै कोषका बैंक खाता विवरण सार्वजनिक गरेको छ ।
‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको खता नं. ११३०१००००३७६२००१ र ११३०१०००००००६००६, नेपाल बैंक लिमिटेडको खता नं. ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१, कृषि विकास बैंक लिमिटेडको खाता नं. ०१००२०१००२१०७०१४, त्यसैगरी एभरेष्ट बैंक लिमिटेडको खाता नं. ००१००१०५२००२७० र ००१०९१०२२०००१२, ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नं. ००४०१०१०००००५७ र ००४११०१०१००००००५, नबिल बैंकको १७७००१७५०५२८५, नं. खाता, त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको खाता नं. ०१०१३२५३८०१ र ०२०१३२५३८०१, तथा हिमालयन बैंक लिमिटेडको अमेरिकी डलर खाताको नं. ०१९०५६३१२१००४६ मा आर्थिक सहयोग गर्न सकिने उल्लेख गरिएको छ ।
त्यसैगरी ‘प्रधानमन्त्री राहत कोष’ का लागि राष्ट्रिय वाणिज्य बैंकको खाता १४३०१००००००२५००६ र १४३०१००००११६४००१ नम्बरका खातामा सहयोग गर्न सकिने प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित नागरिकहरूको साथमा उभिँदै यथाशक्य आर्थिक सहयोग गर्न सम्पूर्ण बाँकेवासीलाई अनुरोध गर्नुभएको छ ।






