बाँके, ५ भदौः बाँकेमा यौन तथा प्रजनन स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिको चासो बढ्दै गइरहेको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखाले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले आज सरोकारवालाबीच गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बाँकेमा यौन तथा प्रजनन स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिको चासो बढ्दै गएको बताएको छ ।
उक्त छलफल कार्यक्रममा नेपाल परिवार नियोजन संघ बाँके शाखाका शाखा प्रबन्धक रश्मि श्रेष्ठले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार व्यवहारिक रुपमामा अझै पनि पूर्ण रूपले सुनिश्चित हुन नसकेको बताउनुभयो । ूअहिले पनि समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई पूर्ण रुपले सम्मान गर्न सकेको छैन सामाजिक रूपले अहिले पनि बहिष्कार हुन परिरहेको अपाङ्गताहरूको यौन तथा प्रजनन स्वास्थ्यको कुरा त धेरै परको कुरा हो ।ू उहाँले भन्नुभयो,
शाखा प्रबन्धक रश्मीका अनुसार अपाङ्गता भएका व्यक्ति हरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पालना पूर्ण रुपले गर्न पाउनुपर्छ भनेर सम्बन्धित पक्षहरूसँग नियमित रूपमा गरिएको छलफल तथा जनचेतनामूलक कार्यक्रमहरूले बाँके जिल्लामा पहिलाको तुलनामा अहिले धेरै प्रभाव परेको छ ।
नेपाल परिवार नियोजन संघ २०१६ सालमा स्थापना भएको हो भने बाँके शाखा २०३४ सालमा स्थापना भएको हो। शाखाले स्थापना कालदेखि नै यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । अहिले हामीले २०२३ देखि अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।ू
कार्यक्रममा स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय, सरकारी निकाय तथा यौन तथा प्रजनन स्वास्थ्य र अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भई अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सेवामा पहुँच, अधिकारको कार्यान्वयन र सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरेका थिए ।






