काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी भएपनि सभापतिमा जिताई दिनकालागी कार्यकर्ताहरुसंग आग्रह गरेका छन् । उनले सभापतिमा नजीते प्रधानमन्त्रीबाट हटाईने बताउँदै कार्यकर्ताहरुसंग सभापति जीताईदिन आग्रह गरेका हुन् । उनले सभापतिमा हारेमा आफूमाथि धेरै प्रश्न उठ्ने र प्रधानमन्त्रीबाट समेत हटाउने भएकाले सभापतिमा जित्नै पर्ने दबाब रहेको बताए ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’ यस्तै, उनले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताए ।
योपनि पढौं
महामन्त्री पदका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र
काठमाण्डौ । नेपाली कांग्रेसमा महामन्त्री पदका उम्मेद्वार डा।प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल, सुदृढ र ब्यवस्थित गर्दै कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् ।
कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको रुपमा स्थापित गर्दै सबल बनाएर आमनागरिकको आर्थिक समुन्नतिको सारथी बनाउने संकल्प उनले लिएका छन् । कांग्रेसको मार्गनिर्देशक लोकतान्त्रिक समाजवादको समयानुकूल ब्याख्या गरी सामाजिक न्यायलाई उच्च प्राथमिकता दिँदै समुन्नत र समतामूलक समाज स्थापना गर्ने नीति, रणनीति र कार्यक्रम तय गरिने उनले बताएका छन् ।






