काठमाण्डौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् । चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीले आज पदबहाली गर्न लागेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
उनकाअनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।
योपनि पढौं
६ वर्षमा पनि स्तरोन्नति नभएको लामोसाँघु–जिरी सडक
दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् ।
२०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि चरीकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुन सकेको छैन ।
सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलन समेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि मुडेबाट चरीकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुन सकेको छैन ।






