एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति शी जिनपिङसँग बहुप्रतिक्षित भर्चुअल बैठकमा छलफल गरिरहेका छन् । यो बैठकमा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन अमेरिकासँगको सम्बन्धलाई सकारात्मक दिशामा लैजान तयार भएको बताएका छन् । दुबै नेताले ती क्षेत्रलाई रेखाङ्कित गरे जसमा दुई देशले छलफल गर्न आवश्यक छ ।
बाइडेनले वार्तामा मानवाधिकार र इन्डो प्यासिफिकको मु द्दा पनि उठाए । यस्तै चिनियाँ राष्ट्रपतिले दुबै नेताले एक–अर्कालाई सम्मान गर्नुपर्ने र स्थिर द्वीपक्षीय सम्बन्धमाथि जो ड दिनुपर्ने बताए । चिनियाँ राष्ट्रपतिले आफू ‘पुराना बाइडेन’ लाई देख्न पाउँदा खुसी भएको बताए । यी दुई नेताबीचको यो तेस्रो बैठक हो ।

शुक्रबार ह्वाइट हाउसले आफ्नो बयानमा दुई नेता चीन र अमेरिकामा जारी होडको प्रबन्धमाथि कुराकानी गर्नेछन् । साथै साझा हितको विषयमा मिलेर काम गर्नेबारे पनि यी दुई नेताबीच छलफल हुने जानकारी दिएको छ । शी जिनपिङले उक्त बैठकमा दुई देशमा संवाद बढाउन आवश्यक भएको र चुनौतीको सामना सँगै मिलेर गर्न आवश्यक भएको बताए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बाइडेनले भने, ‘सायद मलाई थप औपचारिक तरिकाले सुरु गर्नुपर्छ । यद्यपि, म र तपाईं एक–अर्कासँग खासै औपचारिक भने भएका छैनौं ।’ उनले भने, ‘हामी दुईले एक–अर्कासँग पूरा इमानदारी र स्पष्टताका साथ कुराकानी गरेका छौं । उनले के सोचिरहेका होलान् भनेर हामी कहिल्यै पछि हटेनौँ ।’
पछिल्ला केही महिनामा चीन र अमेरिकाबीच ताइवानसमेत थुप्रै महत्वपूर्ण मु’द्दाको विषयमा त’ना’व बढेको छ । चिनियाँ राष्ट्रपति शी जिनपिङ पछिल्लो दुई वर्षदेखि चीनबाट बाहिर गएका छैनन् । यहाँसम्म कि उनले जी–२० सम्मेलनमा समेत भाग लिएनन् ।






