काठमाण्डौ । नेकपा एमालेका तर्फवाट मेयर बनेका द्धारीकालाल चौधरी अब माधव नेपालको पार्टी प्रवेश गर्ने भएका छन् । उनी एमालेमा असन्तुष्ट हुँदै गएका छन् । दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर उनले असन्तुष्टि जनाएका हुन् । इटहरी उपमहानगरपालिकाका मेयर रहेका द्वारिकलाल चौधरीले शुक्रवार माधव नेपाललाई आफ्नै घरमा भब्य स्वागत गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै भब्य स्वागत गरेका छन् । आफ्नो इटहरीस्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।
दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा बबाल गरेका थिए । चौधरीले एमालेमा ठाउँ नपाएको भन्दै माधव नेपालसंग गुनासो पनि गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए ।
एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए । त्यसपछि चौधरीले शुक्रबार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन् । चौधरी समाजवादीतिर जाने विवरणसहितका सन्देश अहिले सामाजिक सञ्जालमा लेखिएको छ ।
समाजवादीको इटहरी नगर कमिटीको फेसबुक वालमा चौधरी र इटहरी उपमहानगरपालिका९४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ । माधव नेपाललाई घर बोलाएको अघिल्लो दिन अर्थात हिजो नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका थिए ।






