काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न बुवा प्रचण्ड झापा गएकै रात भाई प्रकाश दाहालको दुखद निधन भएको नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रकाशकी दिदी रेणु दाहालले बताएकी छिन् । प्रचण्ड झापा नगएको भए भाइको ज्यान बच्न सक्ने समेत उनले बताएकी छिन् । त्यसैले ओलीलाई ठूला कुरा नगर्न रेणुले चेतावनी समेत दिएकी छन् ।
आफ्नो जिल्लामा महाधिवेशनको तयारीका लागि पुगेका ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनवाट हराउने चेतावनी दिएका थिए । प्रचण्डको छोरी समेत रहेकी दाहालले ओलीलाई यस्तो जवाफ दिएकी हुन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएपनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ ।
‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा भनेकी छन् । उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गु मा उनु परेको समेत बताएकी छिन् ।

‘ओलीलाई भोट माग्न ओलीको क्षेत्रमा ओलीसहित अध्यक्ष प्रचण्ड झापा जाँदा घरमा आमा मात्र, त्यहीपनि पा र्किन्स नको बिरामी’, दाहालले भनेकी छिन्, ‘भाइको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुःखद घटना घट्यो । घरमा परिवारका सदस्य कोही पनि नभएको बेला र सबै आ–आफ्नो चुनावी मैदानमा ।
बिरामी आमा मात्र घरमा । के थाहा समयमै अस्पताल लैजान पाएको भए भाइको ज्या न जो गिन पनि सक्थ्यो।’ दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् ।
‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो रु हो भने हामीले साथ छोडिदिँदा त सबै ग र्ल्या मगु र्लुम ढ ल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त ।’ सोमबार चितवनमा आयोजित कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो ग ल्ती नगर्ने बताएका थिए ।






