काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने ष ड्य न्त्र भइरहेको बताउँदै अझै पनि आँ खा र का न खुल्लै राख्नुपर्ने बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैँ, तिहार छठ तथा नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तो ड्न का लागि अनेकौँ ष ड य न्त्रहरू भइरहेको बताएका हुन् ।
वर्तमान गठबन्धनलाई भ त्का एर प्रतिक्रियाबादी गठबन्धन बनाउने कसरत भइरहेको र यसका लागि गठबन्धनभित्र बैचारिक र राजनीतिकरुपले कम्जोर पात्रलाई प्रयोग गर्नका लागि खोजी भइरहेको पनि उनले दाबी गरे । वैदेशिक श क्तिहरू गठबन्धन कम्जोर पार्ने उपायको खोजीमा लागिरहेको पनि उनले दाबी गरे ।
उनले भने,‘ष ड्य न्त्र सकियो, अब हामी पुरै विजयी भइसक्यौँ भन्न सक्ने स्थिति अझै पनि छैन । यो गठबन्धन तो ड्न को लागि अनेक ष ड्य न्त्र र ह त क न्डाहरु अपनाइराखिएकै छ । फेरि पनि प्रतिक्रियाबादी गठबन्धन बनाउने कसरत चलिराखेकै छ । गठबन्धनभित्र अलिअलि कम्जोर को छ वैचारिक, राजनीतिक रूपले ।
या अन्य राजनीतिक स्वार्थको हिसाबले त्यसको खोजी भइनै राख्या छ । यहाँ भित्र अर्को त्यस्तो निरङ्कुश प्रवृत्तिको कोही मान्छे भेटिन्छ कि र त्यसलाई प्रयोग गर्न सकिन्छ कि भन्ने कसरत भइनैराख्या छ । त्यस कारण कर्मचारी साथीहरू तपाई हामी सबैले अहिले पनि आँखा खुल्लै राख्नुपर्ने, कान खुल्लै राख्नुपर्ने, कहाँ कति बेला कसले के गर्छ भन्ने कुरालाई हेक्का राख्नैपर्ने स्थिति छ ।’
उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको पनि बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके च ल खे ल र ष ड्य न्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए । उनले विगतका सरकारले रोकेका सबै विधेयकहरू पारित गराउनेतर्फ वर्तमान सरकार लागि परेको पनि बताए ।






