काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अप्ठेरोमा परेका छन् । उनलाई न्यायाधीशहरुले राजिनामा माग गरेका कारण अप्ठेरोमा परको हुन् । तर प्रधानन्यायाधीशले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।
फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुलाई जवाफ दिँदै प्रधानन्यायाधीश जबराले यस्तो भनेका हुन् ।
त्यस्तै उनले विवादित न्यायाधीशहरूले राजीनामा दिएमात्र आफूले पनि राजीनामा दिने स्पष्ट पारे । सर्वोच्च अदालतका १५ जना न्यायाधीशसँग मंगलबार भएको भेटमा प्रधानन्यायाधीश राणाले यस्तो भनेका हुन् ।
उनले संवैधानिक प्रक्रिया पूरा गरेर आफू प्रधानन्यायाधीश नियक्त भएकाले कसैको दवावमा राजीनामा दिए न्यायालय ध्व स्त हुने तर्क गरे । विभिन्न राजनीतिक नियुक्तिमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश जबरा विवादमा मुछिएपछि सर्वोच्चका न्यायाधीहरूले सोमबारदेखि इजलाशमा अनुपस्थित भएका छन् ।
राणाको राजीनामा माग्ने न्यायाधीशहरूमा दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी र कुमार चुँडाल रहेका छन्
राजिनामा माग्दै भेट्न पुगेका न्यायाधीशहरुलाई जबराले सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।






