झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीका बाबु मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने भविष्यवाणी गरेका छन् । कार्यक्रमको शिलशिलामा गृहजिल्लामा गएका ओलीले आफ्ना बाबुलाई भेटेका थिए ।
सोही भेटमा उनका बाबु मोहनप्रसाद ओलीले सो कुराको भविष्यवाणी गरेका हुन् । पुर्वप्रधानमन्त्री ओलीका बुवा भविष्य अनुमान गर्ने ज्योतिष विद्या पनि जान्दछन् । गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेको बेलामा उनका बुवाले यस्तो भविष्यवाणी गरेका थिए ।
छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँग छोटो कुराकानी पनि गरेका थिए । उनले कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे । उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ ।
फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’ आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएको पनि बताए । उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्याउछन् र पाँच वर्ष सरकार चलाउँछन् ।






