काठमाण्डौ । अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ । यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्ने बताएको थियो ।
अमेरिकाको फाइजर(बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड(१९ विरुद्धको फाइजर खोप आए लगत्तै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी स्वास्थ्य मन्त्रालयको छ । यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।
योपनि पढौं
२४ घण्टामा भारतमा १४ हजार ६ सय ४१ कोरोना संक्रमित थपिए
काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ६४१ कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ६९९ जना संक्रमणमुत्त भएका छन् भने ४४२ संक्रमितको मृत्यु भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ३ करोड ४१ लाख ८९ हजार ४८४ पुगेको छ । तीमध्ये ३ करोड ३५ लाख ५९ हजार ६४९ जना निको भइसकेका छन् भने ४ लाख ५४ हजार ७४३ ले ज्यान गुमाएका छन् । भारतमा सकृय संक्रमितको संख्या एक लाख ७५ हजारभन्दा धेरै छ ।






