काठमाण्डौ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले प्राकृतिक वि’प’त्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले प्रदेशमा बा ढी प हि रो र डु बा न तथा नदी कटानको अवस्था ग म्भी र देखिँदा आफू दुः खि त भएको बताए ।
बा ढी पहि रोबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, ुबा ढी प हि रोबाट पी डि तलाई रा ह त प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने रा ह तका बारेमा थप छलफल गरिने छ ।ु
प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ुनेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।ु
उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्ने बताए ।






