काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिको पठाएका हुन् । देउवाले राष्ट्रपतिको पठाएको सिफारिस अनुसार चारै दलबाट मन्त्री बन्ने भन्नेको कार्य विभाजन पनि गरिएको छ ।
यस्तो छ कार्य विभाजन
काँग्रेसः
गृह मन्त्रालय– बालकृष्ण खाण, सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्र मन्त्रालय – नारायण खड्का, रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल, कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडू, खानेपानी मन्त्रालय – उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल ।
माओवादी केन्द्रः ऊर्जा मन्त्रालय – पम्फा भुषाल, अर्थ मन्त्रालय – जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज
एकीकृत समाजवादीः स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रालय– प्रेम आले,स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ
जसपाः संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार तथा यातायात – रेणु यादव, वन तथा वातावरण– रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास– प्रमोद साह ।






