काठमाण्डौ । एयरफोन आधुनिक प्रविधिको विकाससँगै उत्पन्न भएको विभिन्न ग्याजेट मध्यको एक हो । जस्को प्रयोग निकै नै बढ्दो छ । एयरफोनलाई प्रायः युवा तथा किशोर उमेरका व्यक्तिहरुले अधिकांश समय का नमा प्रयोग गरि रहेको देख्न सकिन्छ । यो एक प्रकारले फेसन झै बनेको छ । तर यही फेसन समस्या बन्न सक्छ ।
विभिन्न अनुसन्धान अनुसार ठूलो आवाजका साथ एयरफोन सुन्दा यसले का नको पर्दामा नकरात्मक असर पार्न सक्छ । लामो समयसम्म एयरफोन प्रयोग गर्दा सुन्न सक्ने क्षमतामा कमी आउँनुका साथै का न सुन्निन पनि सक्छ । एयरफोनको प्रयोगले का न भित्र ब्याक्टेरियाको संख्या पनि बढ्दै जान्छ ।
एयरफोन प्रयोग गर्दा त्यसबाट विभिन्न विद्युत चुम्बकीय तरंगहरु निस्कन्छन्, जसले दिमागमा नोक्सान पुर्याउन सक्छ । अझ का न भित्रै पस्ने एयरफोनले दिमागमा समेत हा नी पार्न सक्छ । ध्यान रहोस्, संगित सुन्दा ठिक्क आवाजमा सुन्नु पर्दछ ।
साथै निश्चित समयपछि कानलाई विश्राम दिनुपर्छ । ९० डेसिबलमा कुनै ध्वनी प्रतिदिन ४ देखि ५ घण्टासम्म सुनियो भने कानमा नो क्सा न हुनसक्छ । एयरफोनमा जमेको धूलोका कारण का नमा इन्फेक्सन पनि हुन सक्छ । साथै आवाज नसुन्ने, दिमागमा असर तथा कान दु ख्ने समस्या पनि बढ्दै जान्छ ।






