काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?
योपनि पढौं
न्यून चापीय क्षेत्रको प्रभाव कायमै, मुलुकभर वर्षाको सम्भावना
काठमाण्डौ आज पनि देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ ।
सोही प्रभावले अहिले प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कम्तीमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।






