काठमाण्डौ । नेकपा एमालेको लोगो परिमार्जन भएको छ । शुक्रबारबाट ललितपुरमा जारी एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको लोगो परिमार्जन गर्ने निर्णय गरेका कारण अब नयााँ लोगो आउने भएको हो ।
यसअघि पार्टीको चुनाव चिन्ह सूर्य रहेकोमा सुनौलो रंगको हँसिया हथौडा राखिएको छ । शुक्रबारबाट ललितपुरको सनराइज सम्मेलन केन्द्रमा एमालेको विधान महाधिवेशन जारी छ ।
विधान महाधिवेशनले पार्टीको पदाधिकारीको संख्या १५ राख्ने निर्णय गरेको छ । एमाले उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनबाट भएका निर्णयबारे जानकारी दिँदै पदाधिकारी संख्याबारे आएका विभिन्न सुझाव समेटेर १५ सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए ।
एमालेले आफ्नो पार्टी संरचनामा पनि ब्यापक परिवर्तन गरेको छ । उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन्।
तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीनवटा मात्रै लेयर राख्ने निर्णय लिएको हो।
‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछु, पौडेलले भने, ‘पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो।’
उनको जवाफ दिने क्रममा पार्टीलाई सहज रुपमा चलाउनका लागि यस्तो गरिएको बताए। पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए।
‘४५ सदस्यीय स्थायी कमिटी मुख्य नेतृत्वका निम्ति प्रतिस्पर्धा गर्ने थलो हुनेछु, उनले भने, ‘केन्द्रीय तहमा पोलिटब्युरो रहने छैन। अब एमालेमा पदाधिकारी रहेको सचिवालय हुनेछ।’






