काठमाडौ । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । आफैले दुई पटक विघटन गरेको संसदमा आउन उनीहरुलाई नैतिक हैसियत नभएको उनको टिप्पणी थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने, २ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने हो । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता भए एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर नबसी राजीनामा गरेर जनताबीचमा जानुपर्ने प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष भट्टराईले सर्वोच्च अदालतको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्याए ।
‘जसले संसदलाई २९२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने रु उनले सोधे, सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने रु अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो ।
आफूले पार्टी छोडिसकेपछि दोस्रो संविधानसभाबाट २०७२ सालमा तुरुन्तै राजीनामा गरेको उनले स्मरण गराए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ उनले भने ।






