काठमाडौ । नेकपा एमालेमा अब भीम रावल, इश्वर पोखरेल र शुभाष नेम्वाङ जस्ता नेताहरुको भूमिका सकिने भएको छ । उनीहरु अब अन्तिम पटक मात्र नेतृत्वका लागि निर्वाचनमा सहभागी हुन पाउने छन् । अब एक पटकको निर्वाचनमा नेतृत्वमा आउन नसके अहिलेवाटै उनीहरुको भूमिका पनि सकिनेछ ।
एमालेमा अब नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर, ७० नाघेकाहरु नेता बन्न पनि नपाउने भएपछि यि नेताहरुको भूमिका सकिने भएको हो । एमालेको विधानमा आएको प्रस्ताव पास भएमा केही नेताहरु अब पार्टीको कृयाशिल अवस्थावाट विस्थापित हुनेछन् । अध्यक्ष केपी शर्मा ओली अब फेरी प्रधानमन्त्री पनि बन्न पाउने छैनन् ।
एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । सो प्रस्ताव पास भएमा एमालेले अब नयाँ नेतृत्व पाउने छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए दशौं महाधिवेशन केही नेताहरुका लागि कार्यकारी भूमिकाका लागि अन्तिम हुनेछन् भने केही भने उम्मेदवार समेत बन्न पाउने छैनन् ।
एमालेले मंसिर दोस्रो साताका लागि तय भइसकेको छ । यदि त्यसमा कुनै हेरफेर नभए यो महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार बन्न केपी शर्मा ओलीलाई उमेर हदले छेक्दैन । ओलीले फेरी पनि दुई तिहाइ नै ल्याएर देशको प्रधानमन्त्री बन्छु भनेर सार्वजनिक रुपमा अरुलाई चुनौती समेत दिएका छन् ।
२००८ फागुन ११ मा जन्मिएका ओली अहिले ७० औं वर्षमा छन् र, फागुनसम्म प्रस्तावित विधानअनुसार उम्मेदवार हुनसक्छन् ।
ओलीबाहेक उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङका लागि पनि यो महाधिवेशन पार्टी नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ ।
उपाध्यक्ष भीम रावल पनि ६६ औं वर्षमा छन् । यस्तै महासचिव पोखरेल ६७ वर्ष पार गरिसकेका छन् । त्यस्तै शुभाष नेम्वाङ अहिले ६८ वर्षका भइसके । यदि यो महाधिवेशनबाट नेतृत्वमा पुगेनन् भने यि नेताहरु अर्को पटक ७० वर्ष उमेर हद पार भइसकेका हुनेछन् ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि दशौं महाधिवेशन ताका ६८ वर्षका हुनेछन् । नेतृत्वको आकांक्षी अरु नेताका लागि भने अर्को महाधिवेशन पनि अवसर हुने देखिएको छ ।






