काठमाण्डौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए ।
पौडेलले बुधबार राति नै उनले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शाक्य बुधबार नै वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।
नेकपा एमाले औपचारिकरुपमा विभाजन भएसँगै पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।
पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरियो । बुधबारै पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामापछि शाक्य मुख्यमन्त्री बनेकी छन् ।






