काठमाण्डौ । एमाले नेता भीम रावलले अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि रावलले यस्तो प्रश्न गरेका हुन् ।
उनले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न पनि गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन् ।
‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो ?’, रावलले भनेका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेशको भीम रावलले गरे आलोचना
काठमाण्डौ । एमाले नेता भीम रावलले अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू बाटोमा किन ? भन्दै प्रश्न गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि रावलले यस्तो प्रश्न गरेका हुन् । उनले ‘२०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ? भन्ने प्रश्न पनि गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत भएको उल्लेख गर्दै चर्को आलोचना गरेका छन् । ‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो ?’, रावलले भनेका छन् ।
योपनि पढौं
प्रधानमन्त्री गलत बाटोमा जानुभयो भन्ने कांग्रेसले बुझोस्, राष्ट्रपतिले अध्यादेश जारी गर्नु हुन्नः अग्नि खरेल
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने जनाएको छ । नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नि खरेलले दल विभाजन गर्ने यसअघि अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपतिमाथि प्रश्न उठाउने काम भएको स्मरण गराउँदै अब राष्ट्रपतिले त्यही कामलाई दोहोर्याउन नमिल्ने तर्क गर्नुभएको हो ।
मङ्गलवार दिउँसो संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त्यसलाई स्वीकृत गर्नु हुन्न भनेको स्मरणसमेत गराउनुभयो । पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका खरेलले भन्नुभयो, ‘दल नै विभाजन गर्ने जस्तो काम यसअघि हुँदाखेरि त राष्ट्रपतिमाथि प्रश्न उठाइएको थियो नि १ सार्वजनिक रूपमा ।
जब सार्वजनिक रूपमा त्यो प्रश्न उठाइएको थियो भने अब केपी शर्मा ओली हुँदाखेरि चाँही जे पनि गर्ने, अहिले आएपछि चाँहि हुँदैन भन्ने आधारमा राष्ट्रपति चल्नुहुन्छ जस्तो मलाई लाग्दैन । मेरो विचारमा उहाँले राजनीतिक दलहरूसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु अत्यावश्यक हुन्छ । किन भने राजनीतिक दल संसदीय व्यवस्थाको अभिन्न अङ्ग हो । दलीय व्यवस्थामा दलहरूलाई टुटाउने, फुटाउने, शासन सत्ता लम्ब्याउने जस्ता कुरा घोर अलोकतान्त्रिक, अप्रजातान्त्रिक, असंवैधानिक चिज हुन् ।’
नेता खरेलले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने काम फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो । उहाँले दल विभाजन गर्ने घोर अप्रजातान्त्रिक, अलोकतान्त्रिक र असंवैधानिक कदम प्रधानमन्त्री शेरबहादुर देउवाले चालेको भन्दै त्यसलाई तत्काल सच्याउन सत्तारुढ दल नेपाली कांग्रेससँग मागसमेत गर्नुभयो ।
नेता खरेलले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नै पार्टीका नेताले सरकारको नेतृत्व गर्दै ल्याएको अध्यादेश फिर्ता गराउन पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको त्यो कदम कांग्रेसले सच्याओस् । प्रधानमन्त्री गलत बाटोमा जानुभयो भन्ने कुरा कांग्रेसले बुझोस् । प्रणाली दुई दिनका लागि बनाउको हो भने, शेरबहादुर देउवाको यो बाँकी कार्यकाललाई चलाउनका निम्ति मात्रै संविधान र कानुन बनाएको हो भने कांग्रेस आफै जानोस् ।
होइन यो देशमा लोकतान्त्रिक व्यवस्थाका निम्ति हामी लडेका हौँ र लोकतन्त्र रह्यो भने मात्रै यो प्रणाली रहनेछ, संविधान रहन्छ भन्ने मान्यताका साथ हिजो विरोध गरिएको हो भने संसद् सकिएको भोलिपल्ट अरू केही नपाएर पार्टी फुटाउने, पार्टीभित्र हुँडुलो मच्चाउने यस्तो खालको अलोकतान्त्रिक र अप्रजातान्त्रिक कदमलाई कुनै पनि राजनीतिक दलले समर्थन र स्वीकार गर्ने अवस्था रहँदैन ।’






