काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दै निर्वाचनको मिति तोक्दा शेरवहादुर देउवाले खासै विरोध गरेका थिएनन् । अहिले उनी देउवा प्रधानमन्त्री छन् । सर्वोच्च अदालतले दोस्रो पटक संसद पनि ब्युझाइदिएको छ ।
यति धेरै संघर्ष गरेर ब्युझाएको सांसद फेरी विघटन हुने होकी भन्ने चिन्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छ । यस्तो अवस्थामा उनले देउवा निकट कांग्रेस नेतासंग नै संसदको कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने हुन् कि भन्ने चिन्ता जाहेर गरेका थिए ।
प्रचण्डलाई यस्तो चिन्ता लाग्नुमा केही कारण छन् । देउवाले कार्यकाल बाँकी छँदै संसद विघटन गर्न सक्ने केही आधार भएकै कारण प्रचण्ड शसंकित भएका हुन् । प्रधानमन्त्री देउवामा पनि अहिले संयुक्त सरकारको नेतृत्व गरेर बाँकी १५ महिना बिताउनुभन्दा आफू लोकप्रिय भएकै बेलामा मध्यावधि निर्वाचनमा गएर पाँच वर्षसम्म सरकार चलाउनु उचित हुने धारणा छ ।
किनकी अहिले महामारीका कारण अर्थतन्त्र धरासायी छ । स्वास्थ्य क्षेत्र भद्रगोल छ । जनताका चाहना धेरै छन् तर पुरा गर्ने न संयन्त्र छ न वजेट । यस्तोमा जति लामो सरकारमा बस्यो उती धेरै अलोकप्रिय हुने खतरा छ । त्यसको असर आगामी निर्वाचनमा पर्ने देउवाको आँकलन छ ।
त्यसैले कम्युनिष्टहरु अलोकप्रिय भएकै बेला निर्वाचन गराउन पाए वहुमत ल्याएर थप ५ वर्ष ढुक्कले सरकार चलाउने देउवाको योजना छ । देउवाले अर्ली इलेक्सन चाहेको थाहा पाएपछि माओवादी अध्यक्ष प्रचण्ड यतिबेला जसरी पनि संसदको बाँकी कार्यकाल पूरा गर्नुपर्ने भन्दै लविङमा लागेका छन् ।
नेकपा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रै विद्रोह गरेर विपक्षी गठबन्धनलाई साथ दिएका कारण अहिले देउवा प्रधानमन्त्री बन्ने अवसर जुरेको हो । एमाले एकता सार्थक भए सरकार जुनसुकै बेला पनि ढल्न सक्ने प्रचण्डको अर्को आँकलन छ ।
त्यसैले एमाले विवाद मिल्ने तर्फ अग्रसर हुँदा उनी कोटेश्वरमा नेपाललाई भेट्न पुगिहाल्छन् ।
नेपालको संविधान, संसद र साझा एकता भारतलाई पनि मन परेको छैन । भारत जसरी पनि यो संसद विघटन होस भन्ने चाहन्छ ।खोप दिने कामसमेत अघिल्लो सरकारकै कामको निरन्तरता र अरु थप कुनै त्यस्तो जनताका लागि तत्काल राहत दिने काम गर्न सक्ने अवस्था नभएका कारण देउवा बाँकी कार्यकालमा अझै अलोकप्रिय हुन चाहन्नन् ।
त्यसैले पनि उनले संसद विघटन गरेर निर्वाचनमा जान सक्ने अवस्था आउने तर्फ प्रचण्ड शसंकित छन् । बरु अलोकप्रिय नहुँदै निर्वाचनमा जाँदा पार्टीले अहिलेभन्दा धेरै सिट जित्ने र निर्वाचनपछिको सरकारको नेतृत्व गरेर अगाडि बढ्नेतर्फ देउवाले छलफल गर्न थालेका छन् ।






