काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथि अनेक प्रश्न उठाएका छन् । एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा एमालेलाई गाली बर्साउँदै आएको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी गरे ।
सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सशक्त प्रतिपक्षीसँग कोही सिँगौरी खेल्न आए उनीहरूको सिङ नै भाँचिदिने चेतावनी दिएका हुन् । देउवा नेतृत्वको सरकार बहुदलीय प्रणाली होइन अपवित्र गठबन्धन बनाउन हिँडेको पनि उनले आरोप लगाए ।
ुयो सरकारले निर्दलीय अभ्यास गरिरहेको छु, उनले भने,ुयस्तो अपवित्र गठबन्धनले देश बनाउने होइन, भत्काउने काम गर्छ।ु ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू,’ ओलीले बैठकमा भने ।
कांग्रेसको आन्तरिक विवादलाई इंगित गर्दै ओलीले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छरु भन्नेहरूको पार्टीको किचलो छरपष्ट भएको भन्दै अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? भन्ने प्रश्न गरे ।
‘असंवैधानिक र अपवित्र नन्दीभृंगी जालीझेलीहरूको गठबन्धन हो । भ्रष्टाचारीलाई कारबाही गर्ने रे। माओवादी शिविरको भ्रष्टाचार, विगतको लु ट, निजी सम्पत्ति क ब्जा पनि छानबिन हुन्छरु,’ ओलीले प्रश्न गरे, ‘वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन त स्क री काण्ड कहिले भयो ? संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुठो मु द्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो ।’






