काठमाडौ । नेकपा एमालेको विधान पारित गर्न सोमबार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले राखेको प्रस्तावले सबैलाई स्तब्ध गराएको छ । उनी बैठकमा सहभागी भएर अध्यक्ष केपी शर्मा ओली माथि निकै भारी भए । उनले बोल्दा बैठकमा सन्नाटा छाएको थियो ।
केन्द्रीय समिति बैठकअघि ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमै एमालेको स्थायी समिति बैठक बसेको थियो । बैठकमा उपाध्यक्ष गौतम पनि सहभागी भएका थिए । उनी एमाले एकता अभियानमा सकृय छन् ।
अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गरेका गतिविधि पार्टी एकता विरोधी भन्दै उनी एकता अभियानमा लागेका हुन् । उनी सोमवार भएको एमाले स्थायी कमिटी बैठकमा सहभागी त भए तर बैठकलाई नै स्तब्ध बनाउने प्रस्ताव राखे ।
उनको प्रस्ताव माधव नेपाल लगायत आफ्नो आलोचना गर्नेहरुलाई ओलीले गर्ने टिप्पणीलाई लिएर थियो । बैठकमा पेस भएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष वामदेव गौतमले बोल्ने पालो आयो । त्यस क्रममा गौतमले व्यङ्ग्यात्मक प्रस्ताव अघि सारे ।
उनको भनाई यस्तो थियो, विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा हाम्रो पार्टीका अध्यक्षलाई आममाफि दिने अधिकार हुनेछ भन्ने र पार्टी अनुशासनात्मक कारबाही शिर्षक अन्तरगत केही बुँदाहरु थप्नुपर्ने विषय उठाए ।
पार्टी अनुशासन उल्लघन गर्नेहरु मध्य प्रकृति हेरेर कतिलाई अ प रा धि भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ भन्ने उल्लेख गरौं, उनले भने ।
अहिले नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालसंग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अ प रा धि भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्यो ।बोल्नुहुदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइदैन ।
त्यसैले पार्टीमा कसैले गल्ति गर्यो भने राजनीतिक कारबाही हुन्छ । अध्यक्षलाई नै यस्तो ब्यग्य गरेपछि बैठकमा भनाभन समेत भएको थियो । स्थायी समिती बैठकमा आफ्नो यस्ता भनाई राखेका गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी नभई बाहिरिएका थिए ।






