काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला फेरिएको छ । उनको मृगौलाले काम गर्न छोडेपछि नयाँ मृगौला प्रत्यारोपण गरिएको हो । माधव नेपाल समुहमा सक्रिय नेता खनालको मृगौलाले काम नगरेको समाचार केही महिना अघि मात्र बाहिरिएको थियो ।
त्यसपछि उनी उपचारका लागि भारत गएका थिए । उनको केही समयअघि दिल्लीको एपोलो अस्पतालमा डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो । अहिले उनको मृगौला फेरीएको खबर उनका स्वकीए सचिव कृष्ण भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।






