काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
योपनि पढौं
कोभिडवाट २१ देखि ४० वर्ष उमेरका बढी संक्रमित, मंगलवारको तथ्याङ्क थप डरलाग्दो
काठमाडौ । नेपालमा गत २४ घण्टामा ३,३८३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १६,७१८ वटा नमुना परीक्षण गरिएको थियो। यससँगै देशभरि ३२,०५९ जना सक्रिय सङ्क्रमित पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ३६ लाख ३३ हजार ११८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने तीन लाख ३१ हजार ८७९ नमुनाको एन्टीजन विधिबाट परीक्षण गरिएको छ । त्यसमा ७ लाख ६५ हजार ८१५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि सोमवार परीक्षण गरिएका १३ हजार ८ सय ११ मध्ये ३,१२५ नमुना पोजेटिभ पाइएको थियो। मङ्गलवारसम्म कुल मृतकको सङ्ख्या नौ हजार ९२२ पुगेको मन्त्रालयले जनाएको छ ।
मङ्गलवार दिइएको जानकारी अनुसार पछिल्लो सङ्क्रमण दर १९।३ रहेको छ। पछिल्ला सङ्क्रमितमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्षका रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार ११५ पुगेको छ ।
आज देशभर होम आइसोलेसनमा २९ हजार २२, संस्थागत आइसोलेसनमा ३ हजार ३७, आईसीयूमा ६८६र भेन्टिलेटरमा १६२ जना संक्रमित रहेका छन् । योसँगै नेपालमा जम्मा सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






