काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट भएको हो । भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ । देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका लगत्तै आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा छन् ।
योपनि पढौं
काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन् । चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि स्पष्ट पारे ।
उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं । म यो रिपोर्टर्स क्लब नेपालमा घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भैराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ ।
एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ । तर, हामी यो रिस्क मोल्न चाहँदैनौं । यसको लागि फेरि पनि बृहत्त टाईपको कम्युनिष्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने,
पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिष्ट पार्टीहरु छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिष्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ भन्ने हाम्रो निश्कर्ष रहेको छ ।’






