एजेन्सी । प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेना प्रमुख जनरल एमएम नरवाणेबीच टेलिफोन संवाद भएको छ । उनीहरुबीच शक्रबार टेलिफोन संवाद भएको भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको हो ।
उनीहरुबीच दुई देशका सेनाबीचको सम्बन्ध, सुरक्षा सहकार्य लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भारतीय सेना प्रमुख नरवाणेले गत वर्ष कार्तिकमा नेपालको भ्रमण गरेका थिए । भारतीय सेनाले गरेको ट्वीट
General MM Naravane #COAS had telephonic interaction with General Purna Chandra Thapa, Chief of The Army Staff, Nepali Army and discussed aspects of bilateral #Defence cooperation.#IndiaNepalFriendship#IndianArmy pic.twitter.com/I2jQdrCvM4
— ADG PI – INDIAN ARMY (@adgpi) July 30, 2021






