काठमाडौ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि पर्खेर बस्न नसक्ने बताएका छन् । शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अब पर्खेर बस्न नसक्ने बताएका हुन् ।
पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफूहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उनले बताए । महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफूहरुको जोड रहेको धारणा राखे । त्यस्तै महासचिव पोखरेलले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए ।






