काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो घरको माया सबैलाई हुन्छ भन्दै अपमान सहेर नबस्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने बताएका हुन् ।
नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ । उनले अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप पनि लगाएका थिए ।
योपनि पढौं
माधव नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा
काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ ।
‘पिपुल्स भोलेन्टियर’ को प्रमुखमा शिव श्रेष्ठ रहेका छन् भने सचिवमा मनोज खत्री रहेका छन् । जसको मार्गदर्शन युवा संघले गर्ने र कार्यसमिति १ हजार १ सदस्सीय रहने नेपालले जानकारी दिए ।






