काठमाडौ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने लगायतको कामप्रति माधव – झलनाथ लगाएत अन्य एताहरुसंग असन्तुष्टि पोख्दै यसो बताएका हुन् ।
ओली नेता माधवकुमार नेपालप्रति खनिएका छन्। नेता नेपालले आफ्नो नेतृत्वको सरकार ढाल्ने गतिविधि गरिरहेकोले उनले असन्तुष्टि जनाएका हुन्। ‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने ? अर्को सरकार बनाउन त्यहाँ पुग्ने ? समर्थन गर्न पुग्ने ?,’ बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति लक्षित गर्दै ओलीले भने ।
‘तिनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । सरम छैन ?’ प्रधानमन्त्री ओलीले भने ।
देउवासँगै संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री दावी गर्न नेत नेपाल आफू पक्षका सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएका थिए। राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीले बताए ।
जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने बताउनुहुदै उनले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको बताए । अरुलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले बताए । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।






