काठमाण्डौ । पछिल्लो समय सांसद तथा नेकपा एमाले नेतृ शान्ता चौधरीको ब्यस्तता अनौठो काममा बढेको छ । उनले आफ्नो आलोचना गर्नेलाई फेसबुकमा ब्लक गर्दै बसेको बताएकी छिन् । यस्तो गर्दा उनले आफ्नो हातै दुखिसकेको बताएकी छिन् ।
उनी एक फेसबुक स्टाटसमा लेख्छिन्, ‘आज त सामाजिक सन्जालमा केही साथी भाइलाई ब्लक हान्दा हन्दै हातै दुख्यो को को पर्नु भयो कुन्नी ? फेरि उनी अर्को स्टाटसमा लेख्छिन्, ‘आलोचना जति गरेपनी गर्नुस गाली पनि गर्नुस तर असभ्य तरिकाले गालिगलोज गरेको चाहिँ सहन सकिदैन । त्यस्तो असभ्य साथीहरू लाई मात्र ब्लक गरेकि हु ।’
जीवन चाम्लिंल राई लेख्छन्, ‘के गर्नु हजुर महिनामा झन्दै एक लाख आउने तलब गुमेको छ चिन्ता भोलि चुनाब भयो भने फेरी संसद भइन्छकी भइन्न उतै चिन्ता एता ओलीको गीत गाउनै पर्छ नत्र फेरी टा र्गे ट मा भैएला भने डर हजुर पिडा छ रिस उठेको छ के गर्नुत ओलीको बानी आफु भयन भने घरै भत्काउने घमण्डी परे ।’
यस्तै अर्का फेसबुक प्रयोगकर्ता सत्य सत्य लेख्छन्, शान्ता बैनी संसद भंग गरेर चुनाव गराउने समय होइन समय हो खोप ल्याएर जनताको जीवन रक्षा गर्नुपर्ने हो तपाई जस्तो सांसद हरुले आफ्नो बिबेक लागाउनु न कि बिरगंजको टम टम जस्तै एकोहोरो रुपमा रक्सौल पुग्ने मलाई लाग्छ भोलिका दिनमा जनताले त्यस्ता अबिबेकी सांसद न चुन्ला ।







