काठमाण्डौ । नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा हुनुलाई प्रतिगमनको भाग–२ भन्नुभएको छ । ट्वीटमार्फत उनले प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले प्रतिगमन दोहोर्याएको आरोप लगाए ।
शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको भन्दै उहाँले यो कदमको डटेर प्रतिवाद गर्नुपर्ने बताए । उनले षड्यन्त्रकारीहरुको उक्साहट र चाहनामा फेरि पनि संसदको चीरहरण भएको आरोपसमेत लगाए । यस्तै उनले चुनावको उद्घोष जालझेल भएको भन्दै व्यवस्था नै कु गर्नेतर्फको अग्रसरता देखिएको बताए ।
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) May 22, 2021






