काठमाण्डौ । प्रतिपक्षी दलले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध गरेका छन् । मध्यरातमा संसद भङ्ग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा भएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै संविधानको सामूहिक ब ला त्का र भएको भन्दै आ क्रो श पोखेका छन् ।
`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´,
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
उनले महामारीको यस्तो समयमा मध्यावधिको रङ्गिन सपना महँगो पर्नेसमेत चेतावनी दिएका छन् । यस्तै कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिले आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् । उनले अहिलेको राष्ट्रपतिबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् ।
राष्ट्रपतिजीले फेरि अाफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन । यीनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन । @kpsharmaoli
— Ramesh Lekhak (@lekhak_ramesh) May 21, 2021
यस्तै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्णय सार्वजनिक भएलगत्तै ट्वीट गर्दै प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन् ।
नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी/ संबिधान च्यातियो,लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो/ नगर्ने चुनावको घोषणा/ भनिन्छ,अति भए,खती हुन्छ/
— Barsha man Pun (@BarshamanPun1) May 21, 2021
परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले भने एमालेकै सांसदहरुको कारण देश मध्यावधि चुनावमा गएको बताएका छन् । एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाले देश मध्यावधितर्फ गएको उनको भनाई छ ।






