काठमाडौ । आफ्नो दाम्पत्य जीवन धरापमा पारिदिएको भन्दै जसपा नेता ललिता दासले दलित नेता विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । फेसवुक म्यासेन्जरमा सम्बन्धको प्रस्ताव राखेको र त्यो प्रस्ताव अस्वीकार गर्दा गा ली गलौजमा उत्रिएको आरोप लगाएकी छन् ।
प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेता ललिता दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गरेकी हुन् ।
सर्लाहीको विष्णु गाउँपालिका ४ घर भएका ५० वर्षीय बैठाविरुद्ध दिएको जाहेरीमा बदनियत तरिकाले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत सम्बन्धको प्रस्ताव राखेको र अस्वीकार गर्दा गा ली गलौज गरेको उल्लेख गरेकी छन् । उनले उपाध्यक्ष बैठालाई कारवाहीको माग राखेकी छन् ।
उनले बैठाको यस्तो कृयाकलापले आफुहरुको दाम्पत्य जिवन समेत जोखिममा परेको जनाएकी छन् । ०७७ चैत ९ गते राति ११ बजेको समयमा फेसबुकमा म्यासेज पठाएर तथानाम गा ली गरेको उनको भनाई छ । बैठाले दाम्पत्य जीवनमा धरापमा पर्ने कसुर गरेको नेतृ दासले जाहेरीमा उल्लेख गरेकी छन् ।
आफूविरुद्ध उपाध्यक्ष बैठाले मुलुलकी अ प रा ध फौजदारी कार्यविधि संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकताविरुद्ध कसुरको दफ ११८ बमोजिम अ भ द्र व्यवहार गरेकाले उनलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न माग समेत गरेकी छन् ।
साथै सोही ऐनको २ उपदफा १ नम्वर बमोजिम दण्ड सजाय जरिवाना गरी मुनासिव क्षतिपूर्ति भराउन पनि माग गरेकी हुन् । सिरहाको लहान नगरपालिका १ घर भएकी दास जसपा प्रदेश समिति सदस्य छिन् । जाहेरी परेकाले यस बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा। तपनकुमार दाहालले जानकारी दिए ।






