काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई भेटेका छन् । आजमात्रै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । मेरियट होटलमा भएको भेटवार्ता सकारात्मक भने भएन । नेता नेपाल भने अध्यक्ष ओलीसँगको भेटवार्ता सम्पन्न भएपछि जनकपुर पुगेका छन् ।
यता, ओली भने नेता गौतमसँगको भेटमा व्यस्त छन् । ओलीले नेता गौतमसँग रातिको खाना डिरनपनि सँगै गरेका छन् ।
प्रधानमन्त्रीसँग डिनरको लागि नेता गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुसँग डिनरमा विशाल भट्टराई र कानूनमन्त्री लिलानाथ श्रेष्ठ पनि सहभागी थिए । भेटवार्ताबारे एमाले प्रमुख सचेतक विशाल भट्टराईले सामाजिक सञ्जाल फेशबुकमा तस्विरसमेत सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्,प्रधानमन्त्री — बामदेब भेटघाट, कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधें ‘तपाइहरु बीचको सम्बाद सकारात्मक (नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ?’ सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसङको सम्बादपछि उहाँले भन्नुभो,‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसङको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ । अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि ?’
माधव नेपालसँगको वार्ता विफल भएपछि ओलीले गरे बामदेवसंग भेट, सँगै डिनर पनि
माधव नेपालसँगको वार्ता विफल भएपछि ओलीले गरे बामदेवसंग भेट, सँगै डिनर पनि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु






