काठमाण्डौ । नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गरेका छन् ।
उन ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानासाही निर्णय अस्वीकार्य भएको बताएका छन् । सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाएका छन् ।
पार्टीको कारबाहीपछि नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्,‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भ र्त्स ना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’
केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ: pic.twitter.com/kYNmudIGdw
— Bhim Rawal, PhD (@BhimRawal179) March 29, 2021






