काठमणडौ । नेकपा एमालेका उपायक्ष वामदेव गौतमले आफू ढुलमुले नभएको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि आफू नझुकेको समेत गौतमले बताएका छन् ।
उनी एमाले संसदीय दलको बैठक तथा केन्द्रिय कमिटि बैठकमा सहभागी रहेपछि उनको भूमिकामाथि उठेको प्रश्नमा उनले आफु आफ्नो सिद्धान्तमा अडिग रहेको बताउँदै आफु ढुलमुले नभएको बताएका हुन् ।
गौतमले गत फागुन २८ गतेको बालुवाटारमा बसेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको र उक्त बैठकले गरेका निर्णय फिर्ता लिनैपर्ने पनि बताएका छन् । आफ्नो सचिवालयमार्फत नेता गौतमले आफ्नो पछिल्लो धारणा ल्याएका छन् ।
उनले शनिबार बसेको केन्द्रीय कमिटीले नेताहरुको अनुपस्थितिमा गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै कुनै कारबाही गर्न नमिल्ने धारणा राखेका छन् । उनले आफू पार्टी एकताको अभियानमा रहेकोले त्यो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहनेपनि विश्वास दिलाएका छन् ।
चैत ७ को एमाले संसदीय दलको वैठकमा बामदेवले राखिएको विचार यसप्रकारका छन्ः
१) फागुन २८ को वैठक केन्द्रीय कमेटीको थिएन । त्यसले गरेका निर्णय फिर्ता लिनु पर्छ।यसो गर्दा
नयां परिस्थितिमा नेकपा एमाले पुन एकतावद्ध हुनेछ ।
२) पार्टी भित्र रहेका कुराहरुलाई उनिहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।
३) के पि ओली एमाले अध्यक्ष हुनुहुन्छ । त्यसलाई समुह भन्न मिल्दैन । तर वहाँकोकार्यशैली ग़लत छ । वहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन । गर्ने छैन ।
४) म पार्टी एकता राष्ट्रीय अभियानमा छु । उद्देश्य पुरानहुदा सम्म अभियान जारी रहने छ ।
५) प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै संवैधानिक इजलासले बिउताइ दिएपछि नैतिक रुपमा प्रधानमंत्रीले राजिनामा दिनुपर्दथ्यो ।






