पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले पोखरामा विद्या भट्टराईलाई प्रश्न गरेका छन् । नेता थापाले नेकपा एमालेकी नेता भट्टराईलाई ‘तपाईँ कुन पार्टीको सांसद हो ?’ भनेर प्रश्न गरेका हुन् ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेकपाको तर्फवाट सांसद बनेकी भट्टराईलाई नेता थापाले यस्तो प्रश्न गरेका हुन् । नेकपा एकता सर्वोच्च अदालतले भंग गरिदिएपछि उनी माथि यस्तो प्रश्न उठेको हो ।
सर्वोच्चको निर्णयले उनी सांसद बनेको पार्टी सर्वोच्चले भंग गरिदिएपछि कास्की क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको पदको वैधानिकतामाथि प्रश्न उठाएका छन् । उनले सर्वोच्च अदालतको फैसलाबाट नेकपा म रि सकेकाले हुनाले विद्या भट्टराईलगायत उपचुनावबाट निर्वाचित जनप्रतिनिधिलाई मान्न नसकिने बताए ।
बहालवाला मन्त्री रहेकै बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि खाली भएको निर्वाचन क्षेत्र कास्की २ वाट उनी उम्मेदवार बनेकी हुन् । तत्कालीन समय नेकपा एमालेबाट विजयी भएका स्व। अधिकारीको निधनको समय एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ भइसकेको थियो ।
अधिकारीको निधनपछि रिक्त बनेको कास्की २ मा उनकै श्रीमती विद्या भट्टराई तत्कालीन नेकपाबाटै उम्मेदवार बनेर निर्वाचन जितेकी हुन् । उनलाई केपी ओलीको एकल हस्ताक्षरमै टिकट दिइएको थियो । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको शुक्रबार पोखरामा भएको दोस्रो अधिवेशनमा नेता थापाले उनको सांसद पद माथि प्रश्न उठाएका हुन् ।






