काठमाण्डौ । प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय समिति बैठक राखेर महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेका थिए । सोही निर्णय फिर्ता नगरे आफु आज (शनिबार) हुने भनिएको पार्टीको बैठकमा नजाने एकता राष्ट्रिय अभियानएका संयोजक तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले बताए ।
शुक्रबार अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । साथै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा सहभागी भएर ओलीका गलत प्रवृत्तिविरुद्ध ल ड् न फरक मत राख्ने नेताहरुलाई सुझाव दिएका छन् । यसैकालागी नेता गौतमले नेपाल खनाल नेताहरुलाई बैठकमा सहभागी हुन पनि आग्रह गरेका छन् ।
उपाध्यक्ष गौतमले भने,‘एकताकालागी पार्टीको अन्तरसंघर्षमा एक जुट हुनकोलागी सबै फरक मत राख्ने नेताहरू भोलीको बैठकमा जाऔं ।’ उनले भने,‘भोलिको बैठकमा म पनि जान्छु, हामी सबै जाऔँ । त्यहीँ गएर ओलीका गलत प्रवृतिविरूद्ध आवाज उठाउँ । पार्टीमा सबैले गुटबन्दी बन्द गरौं । नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ ।’
फरक मत राख्दै र विधि विधान प्रक्रियाका कुरामा अलग हुँदै बाहिर बसेर भन्दा पनि बैठकमा बसेर पार्टीलाई ठिक दिशामा ल्याउन सकिने नेता गौतमले बताए । यसअघि फागुन २८ गते नेपाल–खनाल पक्षलाई थाहै नदिइ प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठक राखेर महाधिवेशको मिति घोषणा, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेका थिए ।






