काठमाडौ । एकता राष्ट्रिय अभियानएका संयोजक तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले सबै फरक मत राख्ने नेताहरूलाई एकजुट हुन आग्रह गरेका छन् । भोलि (शनिबार) हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सबै फरक मत राख्ने नेताहरूलाई उनले आग्रह गरेका हुन् ।
उपाध्यक्ष गौतमले शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको बैठकमा बोल्दै फरक मत राख्दै र विधि विधान प्रक्रियाका कुरामा अलग हुँदै बाहिर बसेर भन्दा पनि बैठकमा बसेर पार्टीलाई ठिक ठाउँमा ल्याउन सकिने बताए ।
वरिष्ठ नेता माधव नेपाल झलनाथ खनालसँगै आफू पनि बैठकमा सहभागी हुने छु भन्दै दुबै नेतालाई आफूले खु न पसिना बगाएर निर्माण गरेको पार्टीलाई सम्हालेर जान आवश्यक रहेको बताए । नेता गौतमले भोली बैठकमा जानुअघि नेता नेपाल र खनालसँग वार्ता गर्ने पनि बताएका छन् ।
यसका लागि अध्यक्ष केपी ओलीले थप सकारात्मक पहल गर्ने कुरामा आफु आशाबादी रहेकोपनि उनले बताएका छन् । त्यसका लागि फागुन २८ को बालुवाटार बैठकको निर्णय फिर्ता हुनु पर्ने बटमलाइन रहेको पनि गौतमले बताए ।
अरु नेता जाने वातावरण नहुने हो र नेता नेपाल, खनाल सहभागी नहुने अवस्थामा वामदेव पनि सहभागी नहुने एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए । गौतमको भनाईलाई उद्धृढ गर्दै थापाले भने,‘पार्टी एकता अभियानकालागी खनाल र नेपालकोपनि उपस्थिति महत्वपुर्ण हुने भएकाले उहाँहरु गए मपनि जानेछु ।’






