काठमाडौ । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफुलाई आफ्नै दलका नेताहरुले झुक्याएको बताएकी छन् । उनले दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी आफुलाई झुक्याएको बताएकी छिन् । सांसद चौधरीले नेताहरुले निश्चित नगर्दा आफु बालुवाटार पुगेको बताएकी छन् ।
उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’ आफु झुक्किएको विषयप्रति सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव नेपालप्रति आ क्रो श समेत पोखेकी छन् ।
बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा झुक्किएर पुगेलगत्तै फर्किएकी उनले आफु नेपाल खनाल पक्षमै रहेको बताईन् । सांसद चौधरी बालुवाटारबाट फर्किएलगत्तै झलनाथ खनाल–माधव नेपाल समूहले सानेपामा आयोजना गरेको छलफल कार्यक्रममा पुगेकी छिन् ।






