एजेन्सी । अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर न् ठटछण् क द्दटण्।ज्ञछ मा यो नक्सा संग्रहित छ । यो नक्सामा प्बभिभ च् । अर्थात् काली नदी देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ । यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार काली नदी सीमा नदी भएकोले त्योभन्दा पूर्व नेपाल र पश्चिम भारत हो ।
नदीभन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ– नाभी गाउँ पनि नेपाल हो । १८५६ को नक्साः ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन स् यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर क्ष्इच्।ह्रद्दढढटरज्ञ मा संग्रहित छ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफिक संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो ।

अझ, वर्तमान भारतले त लिपुखोलाभन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैँले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई काली नदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ।
सीमाविद्को सीमाहीन खुसीचीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।






