काठमाडौ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा उभ्भिएर साथ दिन उपाध्यक्ष तथा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई आग्रह गर्दा गौतमबाट मुखभरीको जवाफ पाएका छन् । ओलीले फागुन २८ गते गरेको एकलौटी निर्णय फिर्ता गरे मात्र पार्टी एकताकालागी उपाध्यक्ष गौतमको साथ पाईने जवाफ पाएका हुन् ।
पार्टी एकता अभियानको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले भने, ‘मलाई प्रधानमन्त्रीले आफुलाई साथ दिनुस् भनेर आग्रह गर्नु भएको थियो । मैले उहाँलाई बिनम्रतापुर्वक फागुन २८ को निर्णय बदर गर्नुस् र माधव नेपाललगायतका सबै नेतालाई सम्मानपुर्वक एक ठाउँमा उभिने वातावरण बनाउनुस् । मेरो साथ एकताकोलागी तपाईँलाई अवश्य हुनेछ । भन्ने जवाफ दिएँ ।’
प्रधानमन्त्रीसंग भएको कुराकानीलाई गौतमले अगाडी सुनाए,‘आफ्नो एक्लौटी निर्णय गरेर, अरु नेतालाई अपमान जनक भाषा प्रयोग गरेर यसले कसैको भलो गर्दैन । पार्टी एकता हुनुको साटो झनै फुटमा जाने सम्भावना बढ्छ । त्यसैले पार्टी एकतामा ध्यान दिनुस् ।’ गौतमले भने । पार्टीभित्र अब कसैलाई गा ली, शं का र ला न्छ ना लगाउनु राम्रो संस्कार नभएको बताउँदै नेता गौतमले प्रधानमन्त्रीसंग भएको कुराकानीलाई यसरी सुनाए,
‘हिजो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें। उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु’ गौतमले भने, ‘विगत केहि कालमा ग ल्ती सबैबाट भएका छन् । आलोचना आ त्मा लो च नाका माध्यमबाट अगाडि बढौं ।’






