काठमाडौ । बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक ओलीले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद र जिम्मेवारी खोस्ने तथा जथाभावी केन्द्रीय सदस्य थप्ने निर्णयको अभियानले विरोध गरेको हो ।
गौतम नेतृत्वको अभियानले विधान विपरीतका निर्णय सच्याएर सिंगो पार्टीलाई एकताबद्ध बनाइ राख्नका लागि सबैलाई आह्वान गरेको छ । तर एमालेमा ओली र माधव नेपाल पक्षले समानान्तर कमिटी घोषणा गरेपछि गौतमले यस्तो आह्वान गरेका हुन् ।
एकता अभियानको कार्यसम्पादन समितिले गरेका निर्णयहरु
१. ओलीको हिजोको निर्णय विधि विधान र नवौ महाधिवेशनको भावना विपरीत भएको ठहर गर्दै अस्वीकार र तत्काल सुधारका लागि आग्रह
२. ओली र पार्टीका असहमत सबै पक्षसँग वार्ता
३. दोस्रो तहका नेताहरूलाई गाली गलौज त्याग्दै एकताका निम्ति दवाव दिन अग्रसर हुन आग्रह
४. एमाले भित्र र आम वाम एकताका लागि प्रयास जारी राख्ने
विज्ञप्तिः यस प्रकारको छ






