काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयु द्धकालका आफ्नै हितैसी साथी डा. बाबुराम भट्टराईलाई सम्झिएका छन् । बुटवलमा शुक्रबार कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो पुरानो साथी, जनयु द्ध कालमा संगै साथ निभाएको साथी भन्दै बाबुराम भट्टराई चिन्न र बुझन् नसकेको मा आफुलाई यतिखेर पछुतो भएको छ भनेर भावुक हुँदै सम्झिएका छन् ।
आफुलाई प्रचण्ड बनाउने साथीहरुलाई बिर्सिएकोमा अहिले निकै नै पछुतो भएको उनले बताए । उनले आफ्ना पुराना साथीलाई विर्सेर रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी लगायतका नेतालाई समेट्दा यस्तो अवस्था आएको भन्दै पछुताएका छन् । अप्ठेरो अवस्थामा केपी ओलीतर्फ लागेर आफुलाई धो का दिएका नेताहरुलाई सहयोग गरेर आफूले गल्ति गरेको पनि उनले बताएका छन् ।
प्रचण्डले बिगतका पाना पल्टाउँदै भने,‘त्यत्रो ब द मा शी गरेकालाई गृहमन्त्री बनाएर पठाए, उनले भने टोपबहादुर रायमाझीबाट पनि त्यस्तै धो का पाएँ । ‘बाबुरामजीसँग वैचारिक सं घ र्ष हुँदा जे होस् टोपबहादुर (रायमाझी) ले साथै दिए भनेर लगेको, सहयोग गर्ने भनेको त यो गरिदिए ।’ प्रचण्डले अगाडी भने, ‘अरु त अरु त्यो एकजना न केहि बुझेको छ, न केहि छ, स्थायी समिति सदस्य बनाइदिएको अहिले मन्त्री भएको छ ।’
अहिले ओलीतर्फ गएका माओवादी नेताहरुलाई आफु फकाउन पनि नगएको उनले बताए । आफूले त्यस्ता नेताहरुलाई फर्काएर पार्टीभित्र फेरि भाँ ड भै लो गराउन नचाहेको उनको तर्क छ । प्रचण्डले आफूले अरुलाई सहयोग गर्दा आफ्ना वास्तविक साथीहरु अन्याय परेको हुँदा त्यस्ता नेताहरुलाई फकाउन नलागेको प्रष्ट्याए ।






