काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिड्दा आफ्ना पुराना साथीको साथ छुटेको बताएका छन् । उनले अब फेरी एक पटक पुराना साथीहरुलाई समेटेर फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् ।
माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले अब फेरी एक पटक क्रान्ति गर्ने प्रतिज्ञा गरेको बताएका छन् । आफुहरुले ठूलो बलिदानी दिएर प्राप्त गरेको उपलब्धी गुम्ने अवस्था आएको भन्दै उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।
‘जनयु द्ध सुरु गर्दा ४२ वर्षको रहेको बताएका उनले अहिले ६७ वर्षको भए पनि प्राप्त उपलब्धी रक्षा गर्न क्रान्तिको आवश्यकता महशुष भएको बताएका छन् । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्ने वाला छैन, म ल ड् ने वाला छु ।’
त्यसका लागि अब नयाँ ढंगले संगठन विस्तारको काममा सकृय हुने योजना उनले सुनाए । केही वर्ष काठमाडौ बाहिर गएर पुराना साथीहरुसंग भेट्ने, बढी समय त्यतै विताउने र राजनीतिक अभियान संचालन गर्ने उनको योजना रहेको बताए ।
‘फेरि २, ४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, उनले भने । प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो ष ड्य न्त्र गरेर आफुहरुको योगदानवाट प्राप्त उपलब्धीमा धा वा बोलेको उनको टिप्पणी थियो ।
‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’उनले भने,‘प्रतिक्रियावाद विरुद्ध ल ड् ने संकल्प गरेँ’ भन्दै त्यसका लागि शक्ति संचय गर्ने बताएका छन् । अब फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा छु उनले भने । भिडियो






