धनगढी । नेकपा एमालेका कार्यकर्ता अब आर्फै आर्फैमा ल डाँ इ गर्न थालेका छन् । यसको सुरुवात धनगढीबाट भएको छ । धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच ल डाँ इ भएको हो ।
यसअघि पार्टी कार्यालयमा रहेको प्रदेश इन्चार्जको नेम प्लेट बाट ओली समूहले भीम रावलको हटाइ लेखराज भट्टको राखेको थियो । यस्तै अध्यक्षमा भानुभक्तको हटाएर कर्ण थापाको राखेका थिए । यसपछि माधव समूहका कार्यकर्ताले नाराबाजी गर्नुका साथै नेम प्लेट नै तो ड फो ड गरेका थिए ।
यो घटनापछि दुवै समूहबीच ल डाँ इको अवस्था सिर्जना भएको थियो । यस क्रममा प्रहरीले माधव समूहका एक नेतालाई नि य न्त्र ण लिएको थियो भने पार्टी कार्यालयमा डिएसपी प्रतिक विष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
नेता कर्ण थापाले यस्ता गतिविधि गर्ने नेकपा एमालेका कार्यकर्ता हुनै नसक्ने बताए । उनले जसले यस्तो काम गरेको त्यो प्रचलित कानुन अनुसार सजायको भागिदार हुने बताए । उनले पार्टी कार्यालय नीतिले चल्ने बताउँदै अप्रिय गतिबिधि गर्नेलाई पार्टीमा ठाउँ नरहेको समेत बताए ।






