काठमाडौ । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मु द्दा दायर गरेकी छिन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मु द्दा दायर गरेकी हुन् ।
नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मु द्दा दायर गर्नुपरेको राष्ट्रियसभा सदस्य वलीले बताइन् ।
उनले भनिन्– ‘उहाँले मा फी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले म सँग मा फी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि मा फ गर्न हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चो ट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रतिष्ठामा चो ट पुगेको हुनाले म मुद्धा दर्ता गर्दैछु ।
सम्पूर्ण आमा दिदीबहिनीहरु माथि लैं गि क हिं सा भएको हुनाले, यौ नि क उत्पी डनको कुरा भएको हुनाले, यौ नि क ता, महिला शो ष णको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरे । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात् गर्नेछु ।’
सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै आफु अदालत आउन बा ध्य भएको बताईन् । नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरु माथि लैं गि क हिं सा भएको उनको भनाई छ ।






